११ वर्षमै अध्यक्ष बनेर गाउँको विकासमा जुटे बालबालिका

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १, आइतबार  
११ वर्षमै अध्यक्ष बनेर गाउँको विकासमा जुटे बालबालिका

काठमाडौँ । सुन्दा र देख्दा अचम्म लाग्न सक्छ , यति साना बालबालिकाहरूले पनि के काम गर्न लागिरहेका होलान भनेर ।  तर गुणादी गाउँमा यस्तै अनौठो र नयाँ काम सुरुवात भइरहेको छ , त्यहिपनि ससाना बालबालिकाहरू बाट ।

हरेक हप्ता सनिवार तथा बिदाको दिन , सबै उत्रै , उस्तै ७ बर्स देखि १३ बर्स उमेर समुहका बालबालिकाहरू , कसैले हातमा कोदालो लिएर अनि कसैले  हातमा हँसिया तथा ठेला लिएर जम्मा हुन्छन् अनि गोलो बनेर पलेटि कसि भुइँमा बस्छन् । गोलो बनेर बसेपछि एकजनाले झोलाबाट माइन्युट र कलम निकाल्छन अनि  फटाफट उपस्थिति उतार्दै बैठकको एजेन्डा तयार पार्छन् ।

आज के गर्ने ? निर्णय के के लेख्ने ? र अघिल्लो बैठकको निर्णय के के गर्यौँ र त्यो कार्यान्वयन भयो कि भएन उनिहरू छलफल गर्छन् । हेर्दा  तीन कक्षा देखि सात कक्षा सम्म पढ्ने ससाना विद्यार्थीहरूको उपस्थिति र छलफल भएको जस्तो  देखिएपनि  विषय वस्तुहरू भने ठुलाठुला भद्र भलाद्मीको बैठकको भन्दा कम हुँदैनन् , सबै विषयमा छलफल सँगै  समाजमा रहे भएका गहन विषय उठान हुन्छन् ।

पालैपालो आफ्नो भनाइ राख्छन् , ठुला मानिसले गरेको भद्रगोल बैठक जस्तो हुँदैन त्यहाँ , त्यहाँत उनिहरू अनुशासित तरिकाले प्रस्तुत हुन्छन । पालैपालो आफ्नो कुरा राख्छन् र छलफल पश्चात् काम गर्न कस्सिन्छन ।  यी सबै कामकुराहरू तनहुँ स्थित म्याग्दे गाउँपालिका वडा नं १ गुणादीका बालबालिकाका बिचमा भएका हुन ।

समाज बिकास निर्माणका दृस्टीले पछाडि परेको , बल भएका ठुला मानिसहरू अन्यत्र रहँदा काम गर्ने मानिसहरू नभएको , आफुहरू स्कुल जाने आउने बाटो भत्किएको र हिलो तथा झाडि भएको अनि निर्माण गर्ने मानिसहरू नहुँदा सधैं सास्ती खेप्नुपरेको जस्ता कारणले उनिहरू जुटेर समिति नै गठन गरेका छन । जसमा अध्यक्षको रूपमा ११ बर्सका शाश्वत खनाल , उपाध्यक्षमा १० वर्षिय अनिल थापा , सचिवमा १२ वर्षिय रोसन खनाल , कोशाध्यक्षमा १० वर्षिय अच्युत खनाल सहितका छन ।

त्यस्तै हरेक महिना प्रतिब्यक्ति २५ रूपयाँका दरले उनिहरूले पैसा जम्मा गर्छन् । पैसा कति जम्मा भयो , ब्याज कति आउँछ , सबै हिसाब गर्दछन र पारदर्शी तरिकाले राख्छन । आफुहरूकै उमेर अवस्थाका कोहि बालबालिका पैसाको अभावमा स्कुल जान नसक्ने देखेमा त्यही उठाएको पैसा सहयोग गर्ने लक्ष्य तथा उद्देश्यका साथ मासिक रकम जम्मा गरिएको उनिहरू बताउँछन् । फोहोर जम्मा गर्नका लागि कुहिने प्रकृतिका र नकुहिने प्रकृतिका दुई वटा  छुट्टाछुट्टै खाल्डो खनेका छन ।

बालबालिकाको त्यस किसिमको काम र अभियान देखेर अभिभावक हरू त दङ्ग छन । साथै गाउँलेहरू पनि अचम्मित परेका छन् । यति सानै उमेरमा पनि यश किसिमको सामाजिक चेतना जगाउने खालको काममा सकृय भएर लाग्नु , समाजमा रहेका ठुलाबडा मानिसहरू लाई नैतिकताको पाठ सिकाउने क्षमता राख्नु पक्कै पनि सानोतिनो काम र अभियान नभएको स्थानीय राजु खनाल बताउँछन् ।

मेरो बुवा पनि सामाजिक काम भनेपछि हुरूक्कै हुनुहुन्थ्यो र घरको काम छोडेर जानुहुन्थ्यो , तर ३र४ वर्ष अगाडि स्वर्गवास हुनुभयो । अहिले त्यही बिडो नातिले धान्न लागेको छ खनाल सम्झन्छन् ।बालबालिकाको त्यस अभियानले सबै प्रभावित छन् । अहिले हिँड्ने बाटोका खाल्डाखुल्डी पुरिएका छन् । पालैपालो बोल्ने गर्दा बालबालिकामा बोल्ने बानिको बिकास भएको छ । अगाडि उभिएर ढुक्कसँग बोल्न सक्ने भएका छन् । कसलाई कसरी सम्बोधन गर्ने , आफ्नो जिम्मेवारी के ? कसरी निर्वाह गर्ने ? यी आदि कुराहरूले उनिहरूमा ब्यक्तित्व विकास गराएको छ ।

बालबालिकाहरू समाजका नमुना बन्दै अगाडि बढेका छन । गाउँमा बृद्ध अवस्थाका बुवाआमा हिँडडुल गर्न समस्या हुँदा र राजमार्ग सम्म आफुहरू बस चढ्न निस्कँदा विद्यालयको ड्रेस लुगा हिलो भएको देख्दा उनिहरूको मन खिन्न हुन्छ । उनिहरूको यो अभियानले प्रभावित भएर गाउँमै केही भद्र भलाद्मीहरूले सय , पचास रूपयाँ आर्थिक सहयोग पनि गरेका छन् । साथै टोलले डस्बिनको पनि व्यवस्था गरेको छ । कोहि ठुला मानिसहरूले बाहिर यत्रतत्र फोहोर फालेको देखेमा उनिहरूले सम्झाउँछन र डस्विनमा हाल्न भन्दछन ।

पढ्ने उमेर अवस्थामा यसरि बेल्चा , कुटो , कोदालो लिएर हिँड्दा पढाइ बिग्रने डरले सुरुमा उनिहरूका अभिभावक स्थानीय शिक्षक नारायणप्रसाद खनालले चिन्ता जनाएका थिए र अहिले त्यस्तो काम गर्ने उमेर तिमिहरूको नभएको भनी सम्झाएका थिए , तर बालबालिकाले त्यस कार्य रोक्न मानेनन् , बरू उल्टै रचनात्मक कामहरूको सुरुवात गर्दै अगाडि बढे । बिदाको दिनमा सामाजिक काममा हिँड्ने र अरू दिनमा पढाइमा ध्यान दिने गरेर पढाइमा पनि उत्तिकै मेहनत गरिरहे ।

पछि अभिभावकलाई पनि लाग्यो फुर्सदको समयमा कति बालबालिकाहरू कुलतमा लागेका छन् , अनावश्यक रूपमा समय फालेर बसेका छन भने बरू फुर्सदमा समाजिक छलफलमा लाग्दात कुलतमा लाग्ने डर पनि नहुने भन्ने अभिभावक लाई पनि लाग्न थालेकोले  अहिले हामीले पनि छोराहरू लाई हौसला दिइरहेका छौँ भन्छिन् सचिव रोशनका आमा उर्मिला खनाल । अहिले उनिहरूको गतिविधि हेर्न पत्रकार देखि अन्य मानिसहरू दमौली र यस आसपास देखि गइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर