बलात्कारको अधिकांश घटनामा आफन्तकै सक्रियता बढी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १, आइतबार  
बलात्कारको अधिकांश घटनामा आफन्तकै सक्रियता बढी

काठमाडौँ । पछिल्लो समय बढ्दै गएको बलात्कारको घटनाहरुमा आफन्तकै सक्रियाता बढी रहेको पाइएको छ ।  यसै सन्दर्भलाई लिएर हेर्दा जिल्ला प्रहरी कार्यालय खोटाङमा र्दुइ महिनाको अवधिमा ४ मुद्दा बलात्कारको परेको थियो । जसमा ४ वटै मुद्दा हाडनाता करणी र जबर्जस्ती बलात्कार तथा बलात्कारकार उद्योगका सम्बन्धी घटना रहेको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका २० वर्षीय उपेन्द्र राईमाथि साउन २८ गते राति १५ वर्षीया किशोरीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा उजुरी परेको  थियो । स्थानीय पञ्चकन्या प्राविमा लगेर राईले पीडित किशोरीलाई जबर्जस्ती बलात्कार गरेर अचेत अवस्थामा छाडेको उजुरीमा उल्लेख गरिएको थियो ।

राती अबेरसम्म बलाकृत किशोरी घर नआएपछि खोजी गर्दा बलात्कारपछि अचेत अवस्थामा फेला परेकी थिइन् । पिडित पक्षले दिएको उजुरीको आधारमा राईलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोद खेरवारको अनुसार पक्राउ परेका राईलाई जबर्जस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत हाजिर गराएर सात दिनको म्याद थप गरिएको थियो ।

पक्राउ परेका राईलाई  जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । त्यस्तै साउन ३१ गते मादक पदार्थ सेवन गरी आएका १७ वर्षिय किशोरले सुस्त मनस्थिती भएकी ६३ वर्षिय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका किशोर अहिले पनि प्रहरी हिरासतमा नै रहेका छन् ।

यस्तै १९ वर्षिय किशोरीलाई जर्बजस्ती बलात्कार गर्न खोज्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ३८ वर्षीय फकिर भनिने सुवर्ण राई साउन–१६ गते पक्राउ परेका छन् । स्थानीयले दिएको उजुरीको आधारमा आरोपित सुवर्णलाई जबर्जस्ती करणी उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

गत असार ३१ गते नाताले भतिजि पर्ने १४ र्वािय बालिकालाई ४८ वर्षिय पुरुषले जर्बजस्ती करणी गरेको आरोपमा उजुरी प्रहरीमा परेको थियो । उजुरीको आधारमा साउन २ गते पक्राउ परेका पुरुषविरुद्ध हाडनाता करणी महलअन्तर्गत मुद्दा दर्ता गरेर साउन २१ गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्लामा भएका अधिकांश यस्ता घटनाहरु आफन्त र चिनजानकै व्यक्तिबाट हुने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

ललाई फकाइ विभिन्न प्रलोभनमा देखाएर यस्ता घटनाहरु हुने गरेको र गाउँमा मिल्न नसकेपछि प्रहरी चौकीमा उजुरी आउने गरेको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । समाजमा  बिकराल बन्दै गएका यस्ता घटनाहरुलाई नियन्त्रण गर्नको लागि  दोषिलाई फासिको सजाय नभएसम्म अपराधिक क्रियाकलापहरु बढ्दै जाने देखिएको छ । 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर