नायिका शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १, आइतबार  
नायिका शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौँ ।  निर्माता छविराज ओझासँग बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी पुगेपछि अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उनले उच्च अदालत हुँदै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । यद्यपी उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले पक्राउ नगर्न आदेश दिएको हो ।

ओझाकी जेठी पत्नी हेमाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन्। उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी थिइन् ।

उनले छवि र शिल्पा दुवैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी  थिइन् ।  सर्वोच्चले दुवै पक्षलाई १५ भदौमा छलफलका लागि बोलाएको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर