पत्रकार पुडासैनीको आत्माहत्यापछि चितवनका होटल व्यवसायीले निकाले शान्तिपूर्ण र्याली 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २, साेमबार  
पत्रकार पुडासैनीको आत्माहत्यापछि चितवनका होटल व्यवसायीले निकाले शान्तिपूर्ण र्याली 

काठमाडौँ ।  पत्रकार शालिकराम पुडासैनीको  आत्माहत्या पश्चात चितवनका होटल तथा रेस्टुरेन्ट असुरक्षित रहेका छन् भन्ने अफवाह फैलिएपछि होटल व्यवसायीहरुले  शान्तिपूर्ण र्याली गरेका छन् । 

पछिल्लो केही दिनयता चितवनमा नकारात्मक सन्देश प्रवाह भएपछि त्यसलाई चिर्न सोमबार शान्तिपूर्ण र्याली गरेको होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष दीपक ढकालले जानकारी दिए । चितवनका होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरू आफ्नो पाहुनालाई सुरक्षित रूपमा राख्न प्रतिबद्ध रहेको उनले बताए ।

सामाजिक सञ्जालमा भनिएको जस्तो चितवन असुरक्षित भन्ने केबल हल्ला मात्र भएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् । यस्तै उनले पुडासैनी आत्महत्या प्रकरणको निष्पक्ष छानबिनको माग गरेका छन् । दोषी छिट्टै पत्ता लगाई कडा भन्दा कडा कारबाही गर्न सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीको माग रहेको उनले बताए ।

पोखरा बसपार्क नारायणगढबाट निस्किएको शान्ति र्याली पुलचोक, चौविसकोठी हुँदै केन्द्रीय बस टर्मिनल भरतपुर पुगी फेरी चौविसकोठी पुगेर समापन भएको ढकालले जानकारी दिएका छन् । साउन २० गते नारायणगढको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर