अवरुद्ध सडक सञ्चालनमा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १, बुधबार  
अवरुद्ध सडक सञ्चालनमा

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाको कारण अवरुद्ध भएका अधिकांश सडक सञ्चालन भएको छ ।

खासगरी मकवानपुर, सिन्धुली, रामेछाप, धनकुटा, ओखलढुंगा, रौतहट, महोत्तरी लगायतका जिल्लाका विभिन्न सडक अवरुद्ध भएका थिए । त्यस्तै मुस्ताङ, मनाङ, पाल्पा, कालीकोटमा पनि सडक अवरुद्ध भएका थिए ।

पूर्व पश्चिम राजमार्गको महोत्तरी पर्ने भप्सी खोलाको पुल बग्दा सोमबार यातायात अवरुद्ध भएको थियो । त्यहाँ अहिले नयाँ डाईभर्सनमार्फत सडक सञ्चालन गरिएको छ ।

सडक विभागका प्रवक्ता शिवहरी सापकोटाका अनुसार त्यहाँ तत्काल बेलीब्रिज समेत जडान गर्ने तयार भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।   

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर