पर्यटन वर्ष सफल बनाउन यस्तो छ भरतपुर महानगरको प्रयास (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३, मङ्गलबार  
पर्यटन वर्ष सफल बनाउन यस्तो छ भरतपुर महानगरको प्रयास (भिडियो सहित)

काठमाडौँ । भ्रमण वर्ष २०२० नजिकिदै गर्दा पर्यटनको केन्द्र बनेको भरतपुर महानगरपालिका विल्कुलै नयाँ तरिका अपनाएको छ । भ्रमण वर्ष सफल पार्ने उद्देश्यसहित तयार भएको एक भिडियोमा महानगरपालिका भित्रका निकै मनमोहक दृष्यहरुलाई कैद गरिएको छ ।

यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको दृश्यहरु प्रस्तुत गरिएको छ। ‘गजब टिभी यूट्युब च्यानल’मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा गीतकार दिनेश थपलियाको शब्द रहेको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, स्मिता दाहाल, विन्दु परियार र ध्रुव विस्कोले स्वर दिएका छन्। संगीत भने दीपक शर्माको रहेको छ।

म्युजिक भिडियोको निर्देशन सरोज ओलीले गरेका छन्। अमन मानन्धरको सम्पादन, रेशिन फागोको कलर रहेको गीतमा सुदीप बराल सिनेमाटोग्राफर छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर