प्रदेश  ३ मा ‘एक विद्यालय एक नर्स’ अभियान सुरु, खुल्यो १०१ नर्सको लागि विज्ञापन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३, मङ्गलबार  
प्रदेश  ३ मा ‘एक विद्यालय एक नर्स’ अभियान सुरु,  खुल्यो १०१ नर्सको लागि विज्ञापन

काठमाडौँ । प्रदेश ३ सरकारले माध्यमिक पढाइ हुने विद्यालयमा एक नर्स राख्ने योजना सहित ‘एक विद्यालय एक नर्स’ अभियान सुरु गरेको छ ।

सामाजिक विकास मन्त्रालयले  आज सार्वजनिक गरेको विज्ञापनमा १३ जिल्लाको प्रत्येक स्थानीय तहमा एक जना पुर्याउनके लागि  १ सय एक जना नर्स करार सेवामा राख्नेगरी विज्ञापन प्रकाशित गरेको छ ।

जस अनुसार सिन्धुली–८, रामेछाप–७, दोलखा ८, सिन्धुपाल्चोक–१०, काभ्रेपलाञ्चोक १२, ललितपुर–५, भक्तपुर–३, काठमाडौं–९, नुवाकोट–१०, रसुवा –४, धादिङ–११, मकवानपुर–८ र चितवनमा ६ जना गरी एक सय एक जना नर्स माग गरिएको छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर