ब्युटिसियन सुष्मा महराले ल्याइने तिज विशेष गीत ‘तिज आयो’ (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ४, बुधबार  
ब्युटिसियन सुष्मा महराले ल्याइने तिज विशेष गीत ‘तिज आयो’  (भिडियो सहित)

काठमाडौँ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई पारेर महिला उद्यमी सुष्मा महराले तिज गीत ‘तिज आयो’ लिएर आएकी छन् ।

वरिष्ठ ब्युटिसियन फिसियल हाउसकि प्रवन्ध निर्देशक समेत रहेकी महरा गीत संगीतको क्षेत्रमा पनि उत्तिकै अब्बल रहेकी छन् । उनकै शब्द सिर्जनामा रहेको ‘तीज आयो’ लाई गायिका मीना निरौलाले स्वर तथा संगीत भरेकी छन्  भने संगीत संयेजनमा निरज श्रेष्ठले साथ दिएका छन् ।

फिसियल हाउसको प्रस्तुती रहेको सार्वजनिक तीज गीतको भिडियोमा नायिका नीता ढुंगानाको दमदार नृत्य रहेको छ ।भिडियोमा नायिका ढुंगाना संगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ । उज्ज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

उद्यमसंगै नेपाली मनोरंजन क्षेत्रसंग नजिक रहेकी महराले नेपाली संगीतको क्षेत्रमा पहिलो पटक पाइला चालेकी हुन् । संगीतमा आफ्नो रुचि सानै देखि रहेता पनि गीत लेखन भने यो नै पहिलो रहेको र आगामी दिनमा कुनै न कुनै तवरबाट नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहने महराले बताएकी छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर