भारतीय विदेश मन्त्री जयशंकर र प्रधानमन्त्री ओलीबिच शिष्टचार भेटवार्ता 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ४, बुधबार  
भारतीय विदेश मन्त्री जयशंकर र प्रधानमन्त्री ओलीबिच शिष्टचार भेटवार्ता 

काठमाडौँ । नेपाल भ्रमणमा आएका विदेशमन्त्री एस जयशशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बुधबार मध्यान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आएका  विदेशमन्त्री जयशंकरले दिउँसो २ बजे प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्रीले प्रधानमन्त्रीलाई भेटेर राजनितिक भेटघाट सुरु गरेका छन् ।

भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पराराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदूत मन्दिपसिंह पुरी लगायतलाई भेट गरेका छन् ।

कार्यक्रममा सार्क सम्मेलन र काश्मीर घटनाबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली भोलि सिंगापुर जाने भएको हुनाले जनशंकर बङ्गलादेशको राजधानी ढाकाबाट सिधै नेपाल आएका हुन्।

प्रधानमन्त्री ओलीले म सिंगापुर जादैछु, म बिरामी छु भनेर आग्रह गरेपछि जयशंकर नेपाल आएका हुन् । जयशंकरलाई राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने बताइएको छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर