बलिउड अभिनेत्री सनी लियोनी  ग्राण्ड प्रिमियरको लागि नेपाल आउँदै

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ४, बुधबार  
बलिउड अभिनेत्री सनी लियोनी  ग्राण्ड प्रिमियरको लागि नेपाल आउँदै

काठमाडौँ ।  बलिउडकी चर्चित अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन् ।

उनले आइटम डान्स गरेको फिल्म ‘पासवर्ड’ को ग्राण्ड प्रिमियरको लागि सनी नेपाल आउने भएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत एक भिडियो तयार गरेर आफु नेपाल आउने जानकारी दिएकी हुन् । 

‘पासवर्ड’ फिल्म निर्माण टिमले आगामी सेप्टेम्बर ११ मा काठमाडौँमा ग्राण्ड प्रिमियर गर्न भएपछि सनी नेपाल आउने भएकी हुन् ।  सनीले भिडियो मार्फत फिल्म ‘पासवर्ड’ को सफलताको शुभकामना समेत दिएकी छन् ।

आगामी सेप्टेम्बर १३  बाट रिलिज हुने यो फिल्ममा अनुपबिक्रम शाही, बिक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगाएतको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्, भने सम्राट बस्नेतले निर्देशन गरेका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर