दूधमा तूलसीको पात उमालेर पिउनुहोस्, पाउनुहुनेछ अचुक फाइदा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ४, बुधबार  
दूधमा तूलसीको पात उमालेर पिउनुहोस्, पाउनुहुनेछ अचुक फाइदा

काठमाडौँ ।  धार्मिक अस्तित्व बोकेको तलसी एक बहुगुणी वनस्पति हो । हिन्दु धर्मावलम्बीहरुले तुलसीलाई भगवानको रुपमा पुजा गर्ने चलन रहेको छ । निकै उपयोगी मानिने तुलसी सामान्य ज्वारो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ ।

साथै तुलसीले वायु शुद्धीकरण गर्ने काम पनि गर्छ ।त्यस्तै मानव स्वास्थ्यको लागि निकै उपयोगी  पदार्थ चिज दूध बहुगुणी पेय हो । यसको महत्व जति रहेको छ त्यसको सयौँ गुणा फाइदाहरु रहेका छन् । यद्यपी आज हामी तपाईहरुलाई दूध र तुलसी मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

दम रोगमा फाइदा : श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त भएका व्यक्तिहरुको लागि दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।

माइग्रेनमा राहत : दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ । नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ ।

तनाव वा डिप्रेसनमा : डिप्रेसनको समस्या  भएका व्यक्तिहरुको लागि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्नु निकै लाभदायक हुन्छ । यसो गर्दा तनाव एवं चिन्ता कम हुन्छ ।

हृदय रोगमा : दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पत्थरीको समस्यामा : पत्थरीको समस्या भएका व्यक्तिहरुले तुलसीको पात उमालेर खाली पेटमापिउने गर्दा पत्थरीको समस्या समाधान हुन्छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर