शिल्पालाई छविले दिएको यातनालाई आँकलन गर्दा छविले मरेकी भनिएकी श्रीमती मारेको शंका

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १, बुधबार  
शिल्पालाई छविले दिएको यातनालाई आँकलन गर्दा छविले मरेकी भनिएकी श्रीमती मारेको शंका

काठमाडौँ । निर्माता छविराज ओझासँगको विवादपछि मिडियामा खुलेकी अभिनेत्री शिल्पा पोखरेलले छविले तीन वर्षदेखि शारिरिक र मानसिक दुवै यातना दिएको बताएकी छन् ।

तीन वर्ष अगाडी सुटुक्क छविसँग विवाह गरेकी अभिनेत्री शिल्पाले छविले पटक पटक आफुलाई यातना दिँदै आएको  भएपनि सहेर बसेको बताएकी छन् । छविले आफुलाई चड्कन हानेको मात्र नभइ घाँटी थिचेर ज्यानै लिने  प्रयास गरेको आरोप लगाएकी छन् ।

उनले रुदैँ भनिन्, ‘छविले चड्कन लगाएको गाला ४ ५ दिन सम्म सुन्निएको थियो ।’पटक पटक घाँटी थिचेर यातना दिने गरेका छविले अन्तिम पटक घाँटी थिच्दा नबाच्ने अवस्थामा पुगेको र सबै सकिए जस्तै लागेको अभिनेत्री शिल्पाले बताएकी छन् ।

उनलालई तीन वर्ष सम्म माफि दिँए । अत्याचार बढ्दै गएपछि सहन नसकेर मिडियामा आएको उनको भनाइ छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर