७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट गर्ने मन्त्री योगेश भट्टराईको घोषणा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १०, मङ्गलबार  
७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट गर्ने मन्त्री योगेश भट्टराईको घोषणा

काठमाडौँ । संस्कृति तथा पर्यटन उड्डयानमन्त्री योगेश भट्टराईले ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

नेपाल वायुसेवा निगममा तत्काल लागु हुने र निजी क्षेत्रका हवाइसेवा कम्पनीहरुसँग पनि यस बारेमा परामर्श गरी कार्यान्वयन गराउन तत्काल पहल गरिने गरिने मन्त्री भट्टराईले बताएका छन् । त्रिभुवन विमानस्थलको व्यापक सुधार योजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले रामेछापको विमानस्थललाई पनि आन्तरिक विमानस्थलको विकल्पको रुमा प्रयोग गनै स्तरोन्न्ति गरिने बताएका छन् ।

त्रिभुवन विमानस्थल क्षेत्रमा सरकारले तोकेका संवैधानिक निकायका व्यक्तिहरुलाई मात्रै गाडीसहित जान मिल्ने  बताए । जसमा अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले गाडीसहित प्रवेश पाउनेछन्।

त्यसै अनुसार पशुपति क्षेत्र, नेपाल वायुसेवा निगम, लुम्बिनी सहतिका प्रमुख क्षेत्रमा सुधारको कार्ययोजना ल्याएका छन् । नेपाल वायुसेवाका सबै जहाजबाट विभिन्न देशमा उडान भर्न पाउने गरी काम गर्न लागेको बताएका छन् । चीनको गोन्झाउमा समेत उडानको लागि सहमति  प्राप्त भएको र अन्य देशमा पनि पहल भइरहेको उल्लेख गरेका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर