दोस्रो चरणको विश्वकप फुटबल छनोटमा नेपाल समूह ‘बी’ मा 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १, बुधबार  
 दोस्रो चरणको विश्वकप फुटबल छनोटमा नेपाल समूह ‘बी’ मा 

काठमाडौँ । सन् २०२० मा कतारमा हुन गइरहेको एसियाको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह बी मा परेको छ ।

विश्वकपको लागि फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र मा नेपाल बी समूहमा परेको हो ।

फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधैं दोस्रो चरणको छनोट खेल्न पाएको हो ।  नेपाल रहेको समूहमा अष्ट्रेलिया, कुवेत, चाइनिज ताइपेइ र जोर्डन रहेका छन् । 

आठ समूहमा विभाजन गरिएको दोस्रो चरणको छनोटमा ४० टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनेटमा ८ समूहबाट विजेता र चार समूह उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान जमाउने छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार