पोखरामा दोस्रो बादल स्मृति कप फुटबल प्रतियोगिता सुरु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ११, बुधबार  
पोखरामा दोस्रो बादल स्मृति कप फुटबल प्रतियोगिता सुरु

काठमाडौँ । नव प्रतिभा युवा क्लबले नेपाली कांग्रेस कास्कीका प्रभावशाली स्व. नेता रामजी पौडेल (बादल) को सम्झनामा दोस्रो बादल स्मृति कप फुटबल प्रतियोगिता आयोजना गरेको छ।

पोखरा लेखनाथको पावर हाउस खेल मैदानमा आजबाट सो प्रतियोगिता सुरु भएको छ। कार्यक्रमको सभापतित्व नव प्रतिभा युवा क्लबका अध्यक्ष प्रताप बानियाँले ग्रहण गरेका थिए। कार्यक्रमको उद्घाटन भने कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रीय सभापति गोबिन्द भट्टराईले गर्नु भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले स्व.नेता बादलप्रति भाबपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रममा बिशेष अतिथिका रूपमा सेभेन ए साइड फुटबल महासंघका केन्द्रीय अध्यक्ष नविन पुन, नेपाली कांग्रेसका कास्कीका सचिब सुदिपमोहन भट्टराई, कांग्रेस नेता रामबाबु भण्डारी, स्व.बादलकी श्रीमती चन्द्रावती पौडेल, कांग्रेस नेता शेखर गुरुङ वडा नं ३० का अध्यक्ष श्रीराम पोखरेल, नेपाल विद्यार्थी संघका नेता पशुपति भट्टराई र नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति बिकास थापा  लगायतका नेताहरु उपस्थित भएका थिए भने खेल मैदानमा सयौं खेलप्रेमी को बाक्लो उपस्थिति समेत रहेको थियो।

हामीसंग कुरा गर्दौ कार्यक्रमका संयोजक तथा ने.बि संघ नेता सुमिर जंग गुरुङले उक्त कपमा विभिन्न ठाउँका ३७ टिम दर्ता भएको जनाएका छन। त्यस्तै आजको उद्घाटन खेलमा नब गगन युवा क्लबले लालिगुरांस युवा क्लब ३-० ले पराजित गरेको थियो। नब गगन युवा क्लबको तर्फबाट जर्सी नं ११ का
अपिल पौडेल, जर्सी नं ९ का सङ्गत गुरुङ र जर्सी नं ७ का सिजन ठकुरीले एक एक गोल गरेका थिए।

दोस्रो खेल सफोला याफ. सि.र पुनर जीवन चर्च बिच भएको थियो। उक्त खेल अन्तिममा पेनाल्टी सुट आउटमा परिणत भइ ३-१ गोल भएको थियो। सफोला याफ.सि.का गोलकिप्पर डिफान भुजेलले पेनाल्टी रोकेर टिमलाई जिताएका हुन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर