हिन्दु नारीहरुको महान चाड तिज आजबाट सुरु, आज दर खाने दिन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १५, आइतबार  
हिन्दु नारीहरुको महान चाड तिज आजबाट सुरु, आज दर खाने दिन

काठमाडौँ । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको पहिलो दिन आज दर खाने प्रचलन रहेको  छ । विवाहीत महिलाहरुले आज माइती गएर आफन्त, साथीभाइहरुसँग मिलेर मिठो परिकार सहित दर खाने प्रचलन रहेको छ ।

 दर खाएको भोलिपल्ट निरहार व्रत बसी पानीसमेत नखाइ व्रत बस्ने नाचगान गर्दा अघिल्लो दिन खाएको दरबाट शक्ति प्राप्त हुने विश्वास रहेको छ । विशेष गरेर दर  मध्यराती खाने गरिन्छ ।

धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले भाद्र शुक्ल द्धितियको दिन दर खाइ तृतीयको दिन व्रत बसेको किंवदन्तीमा उल्लेख गरिएको छ ।

विवाहित महिलाले असल पति पाउनको लागि व्रत बस्ने गर्छने भने विवाहितहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै निरहार व्रत बस्ने परम्परा रहेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर