सामुदायिक कुकुर नियन्त्रण अभियान, खोटाङमा यसरी बर्बतापूर्वक यातना दिएर मारियो कुकुर (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १५, आइतबार  
सामुदायिक कुकुर नियन्त्रण अभियान, खोटाङमा यसरी बर्बतापूर्वक यातना दिएर मारियो कुकुर (भिडियो सहित)

काठमाडौँ । खोटाङको दिक्तेल मझुवागढी नगरपालिकाले गाउँमा कुकुरकको बिगबिगी बढेपछि सामुदायीक कुकुर नियन्त्रण गर्ने क्रममा कुकुरलाई  यातना दिएर कुटेर मारेका एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

दिक्तेल बजारमै एक व्यक्तिले कुुकुरलाई  डोरीले बाँधेर लौराली कुटेर नै मारेको भिडियोमा देख्न सकिन्छ । निर्मक  तरिकाले कुटेर मारिएको कुकुरलाई राख्ने एउटा ट्याक्टर पनि रहेको छ । यो भिडियो सामाजिक  सञ्जालमा भाइरल भएपछि यसरी पशुमाथि मानवले गरेको पशुवत व्यवहारको  सबैले आलोचना गरिरहेका छन् ।

सडकमा रहेका कुकुरले घरमा बाधेर राखेका वस्तुभाउ र मानिसलाई समेत  टोक्ने र रेविज रोग फैलिने सम्भावना धेरै रहेकाले नगरपालिकाको आग्रहमा  कुकुर नियन्त्रण अभियान सुरु भएको थियो ।  कुकुरको टोकाइको कारण घरबाट निस्किएर एक्लै हिड्ने वातावरण नभएको कारण कुकुर नियन्त्रण गर्न लगाइएको  बताइएको छ । तर नियन्त्रण गर्ने भनेर कुकुरलाई गरेको अमानविय व्यवहारले कहि मानवियता  पो नभएको हो की भन्ने देखिएको छ ।

नियन्त्रणकै लागि भएपनि कुकुरलाई घरमा बाँधेर राख्न सकिन्थ्यो होला तर यसरी निर्मम कुटपिट गरेर मार्नु पर्ने थियो त ? यस विषयलाई लिएर  सम्बन्धित निकायले सममा नै चासो दिन जरुरी रहेको छ । निर्दोष जनावरले भोग्नु परेको पिडादायी मृत्यु असह्य रहेको छ । यस्ता व्यक्तिलाई पशु संरक्षण कानुन अनुसार सजाय  गर्नु आवश्यक रहेको छ । 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर