प्रशासनिक र आर्थिक वृदिदर हाँसिल गर्नेमा नेपाल इतिहासकै पहिलो भएको मन्त्री पण्डितको दाबी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १५, आइतबार  
प्रशासनिक र आर्थिक वृदिदर हाँसिल गर्नेमा नेपाल इतिहासकै पहिलो भएको मन्त्री पण्डितको दाबी

काठमाडौँ । प्रशासनिक काम र आर्थिक वृद्धिदर हासिल गर्नेमा काममा नेपाल इतिहासकै पहिलो नम्बरमा रहेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दाबी गरेका छन् ।

उनले मुलुक संघियतामा गएको कारण नेपालमा जति छिटो कर्मचारी समायोजन अन्य देशमा भए उदाहरण पेश गर्न चुनौती दिएका छन् । स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संसारको कुनै ठाउँमा पनि नभएको मन्त्री पण्डितको भनाइ छ ।

उनले स्थानीय तहको मागलाई सम्बोधन गर्दै कर्मचारी भर्नाको लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि आवश्यक कर्मचारी व्यवस्था गरिएको जानकारी दिए । मन्त्री पण्डितले मुलुक संघीयतामा गएको कारण तीनै तहमा देखिएको समस्या एकै पटक समाधान  गर्न नसकिने तर्क व्यक्त गरे । सरकारले भ्रष्टचार नियन्त्रणको लागि काम गरिरहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रिय रुपमा काम गरेको बताए । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर