नौमती पञ्चोबाजाले मुलुकलाई नै बाँच्न सक्ने आधार बनाएर राज्यलाई नै पाठ सिकाएको छ : नेता खनाल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १७, मङ्गलबार  
 नौमती पञ्चोबाजाले मुलुकलाई नै बाँच्न सक्ने आधार बनाएर राज्यलाई नै पाठ सिकाएको छ : नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री  झलनाथ खनालले नेपाललका सास्कृतिक पहिचान  झल्काउने नौमती पञ्चेबाजाको संरक्षण गर्नुपर्ने बताएका छन् । 

विभिन्न समयमा राज्यद्धारा विभेद गरिएको विषयलाई लिएर उनले नौमती पञ्चैबाजा सांस्कृति उत्पादनको सम्मानित साधन समेत रहेको बताए ।  विभिन्न कालखण्डमा  र अहिले पनि विभेदको सिकार बन्दै आएका दमाई, दर्जी, परियारका नामले परिचित श्रमिक समुदाय खस आर्य भित्रकै अभिन्न अंग रहेको बताएका छन् ।

साहित्यिक व्यक्तित्वका रुपमा स्थापित नेता खनालले जातिय छुवाछुत अन्त्य गर्नको लागि राज्यले सो समुदायलाई विशेष सम्मान गर्नुपर्ने बताएका छन् । लोकतन्त्र गणतन्त्रको स्थापना भएसँगै नेपालमा जातिय छुवाछुतको अन्य भएको उनको भनाइ छ ।

उनले भने श्रमको आधार बनाएको नौमती पञ्चोबाजाले मुलुकलाई नै बाँच्न सक्ने आधार बनाएर राज्यलाई नै पाठ सिकाएको छ । नौमती पञ्चेबाजा गाउँगाउँ समुदाय रा घर घरको खुसी बनेको कारण यसको पहिचान टोल टोलमा सुरक्षित रहेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर