नाम जस्तै कामको उदाहरण हुन एनआरएन आइसीसीका उम्मेदवार दयानिधि

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १७, मङ्गलबार  
नाम जस्तै कामको उदाहरण हुन एनआरएन आइसीसीका उम्मेदवार दयानिधि

काठमाडौँ । बेलायतबाट गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको सदस्य पदमा उम्मेदवारी दिएका दयानिधि सापकोटा नाम जस्तै काम गर्ने एक उदाहरण हुन् । उनले एनआरएन युकेको करिब २ हजार सदस्य रहेको मिडल्याण्ड बाट प्रतिनिधित्व गरेका छन् । मिडल्याण्ड क्षेत्रमा बसोबास गर्दै आएका दयानिधि एक कुसल समाजसेवी हुन् ।

उनले गैरआवासीय नेपाली संघको केन्द्रिय च्यारीटि कार्यदलको सदस्य समेत रहेर काम गरिसकेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका उनले ४ राज्य समिती बनाउन  आवाज उठाएर चर्चामा आएका हुन् । विधान र नियम कानुन अनुरा संस्था चल्नुपर्छ भन्ने उनको मान्यता रहेको छ ।

समाजलाई एताबद्ध बनाएर चुनावी माहोलमा होमिए पछि मिडल्याण्डमा समेत उनकै चर्चा हुन थालेको छ । आर्थिक, वौद्धिक र तार्किक रुपमा अब्बल रहेका उनको खुबीले मिडल्याण्ड क्षेत्र पकडमा राख्न सकेको कतिपयको विश्लेषण छ।

उनले स्थानीय सिर्जनसिल नेपाल समाज लेस्टरको चारवर्ष सम्म अध्यक्षको जिम्मा सम्हालेका थिए । त्यतिबेला  थुप्रै परोपकारी कामहरु गरेका छन् । पेशाले रेस्टुरेन्ट व्यवसायी रहेका उनी गैरआवासीय नेपाली संघ युके, साझा नेपाली समाज वेष्टमिडल्याण्ड लगायतका आधा दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आवद्ध छन् ।

दयानिधि नेपालीहरुको लागि दुखको सारथी बन्ने गरेका छन् । आउँदो १४ सेप्टेम्बरमा हुने एनआरएनए यूकेको निर्वाचनमा ७  आइसीसी सदस्यको लागि १४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर