टानको सचिवमा उम्मेदवार दिएका ढकाल भन्छन्, “टानप्रपति व्यवसायीहरुको घट्दै गएको  विश्वासलाई उक्साउनकै लागि उम्मेदवारी दिएको हुँ”

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १७, मङ्गलबार  
टानको सचिवमा उम्मेदवार दिएका ढकाल भन्छन्, “टानप्रपति व्यवसायीहरुको घट्दै गएको  विश्वासलाई उक्साउनकै लागि उम्मेदवारी दिएको हुँ”

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को  निर्वाचनमा अञ्जन थापा (कुमार) समुहबाट दामोदर ढकालले उम्मेदवारी दिएका छन् ।

मिसन नेपाल होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा सफल युवा पर्यटन व्यवसायी समेत रहेका ढकाल सचिव पदमा उम्मेदवारी दिएका हुन् । विगत २२ वर्षदेखि  नेपालको पदयात्रा पर्यटन क्षेत्रमा रहेका काम गरेका उनले विश्वका तीन दर्जनभन्दा बढी देशमा भ्रमण गरिसकेका छन् ।

स्नातक तहसम्मको औपचारीक अध्ययन गरेका उनले टानप्रपति व्यवसायीहरुको घट्दै गएको  विश्वासलाई उक्साउनकै लागि उम्मेदवारी दिएको बताएका छन् । टानले ठूला र साना दुवै थरिका पदयात्रा र पर्यटन व्यवसायीहरुको आवश्यकतालाई मध्यनजर गर्दै व्यवसायको हितको पक्षमा काम गर्न आवश्यक रहेको र त्यसको लागि आफु सक्षम रहेको दाबी गरेका छन् ।

टानको सचिव पदमा उम्मेदवारी दिनु भनेको टिम्सलाई एकद्धार प्रणालीबाट अगाडी बढाउनु उनको मुख्य एजेण्डा रहेको छ । लथालिंग हिसाबले चलेको टानको अवस्थालाई अबको कार्यकालमा व्यवस्थित तरिकाले लैजाने आफ्नो जिम्मेवारी रहेको उनले बताएका छन् । त्यतिमात्र नभएर महिनाको एक पटक व्यवसायीहरुको समस्या सुन्ने र त्यसको छलफल गरेर  समस्या  समाधानको उपाय तिर लाग्ने उनको भनाइ छ । 

सरकारले ल्याएको कतिपय निति नियम यो क्षेत्रमा लागू नहुने भएकाले सरकारसँग आवश्यक लविईङमा टान नेतृत्वले ध्यान दिनुपर्ने जानकारी समेत दिएका छन् । त्यतिमात्र हैन  सरकारले घोषणा गरेको २०२० भ्रमण वर्ष सफल बनाउनको लागि सरकारसँग आवश्यक छलफल गर्नको लागि आफु सक्षम रहेको बताए । 

 भर्खरै आएके पोर्टरले पनि प्यान बिल दिनुपर्छ भन्ने जस्ता विषयहरु व्यवहारिक नभएकाले यस विषयमा टानले सरकारसँग व्यवसायको प्रकृति र विशेषताको बारेमा बुझाउनु आवश्यक रहेकाले यसको लागि आवश्यक पहल अगाडी बढाउने बताए । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर