“व्यवसायीको पिरमर्कामा टान सहयोगी बन्न सक्ने वातावरण निर्माण गर्छु” : प्रकाशचन्द्र देवकोटा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १८, बुधबार  
“व्यवसायीको पिरमर्कामा टान सहयोगी बन्न सक्ने वातावरण निर्माण गर्छु” : प्रकाशचन्द्र देवकोटा

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा निकै अनुभवी पर्यटन व्यवसायी प्रकाशचन्द्र देवकोटाले अञ्जन थापा कुमारको टिमबाट प्रथम उपाध्यक्षको पदमा उम्मेवारी दर्ता गराएका छन् ।

२२ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल रहेका देवकोटा नेपाल गाईड ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक  समेत रहेका उनी एक सफल होेटल व्यवसायी हुन् । एक साहसिक पर्वतीय व्यवसायी रहेका उनी पदयात्रा व्यवसायीको सहयोगी कर्मचारी र गाइड हुँदै कम्पनीका सञ्चालक बनेको कारण व्यवसायीक संघर्षलाई  उनले राम्रोसँग बुझेका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा डोल्पा लगायतका थुप्रै क्षेत्रमा योग्दान पुर्याउन सफल भएका देवकोटा अष्ट्रेलियाको फ्रेण्ड्स अफ नेपालसँग समेत आवद्ध रहेका छन् । पदयात्रा पर्यटन क्षेत्रमा दुई दशक भन्दा बढी बिताएक देवकोटामा नेपालको पदयात्रा र टानलाई कसरी विकासको अग्र गतिमा लैजान सकिन्छ भन्ने चाहना भएको कारण आफुले टानको प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । 

उनी भन्छन्, “विगतका नेतृत्वले गरेको राम्रो कामलाई निरन्तरता दिँदै गर्न नसकेका कामहरुलाई आगामी नेतृत्वले पुरा गर्नुपर्छ ।” व्यवसायको मुख्य पाटो रहेको टानलाई नेतृत्वमा जो गएपनि व्यवसायी र व्यवसायको हितमा काम गर्नुपर्ने उनको मान्यता रहेको छ । 

व्यवसायी र मजदुरको बिचमा देखिएको समस्यालाई समाधान गर्ने टिम्सको कोषलाई प्रभावकारी ढंगले अगाडी बढाइ व्यवसायीको पिरमर्कामा टान सहयोगी बन्न सक्ने वातावरण  निर्माण गर्नु नै आफ्नो एजेन्डा रहेको देवकोटाले बताएका छन् ।  टानको नेतृत्वमा पुग्न सफल भएमा नेपालको पदयात्रा पर्यटन क्षेत्रमा समस्याहरुको समाधान र पर्यटनको क्षेत्रमा भएका समस्याको समाधानमा नितिगत विकासमा जाने उनको धारणा रहेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर