टुरिष्ट बस एसोसियन अफ नेपाले (टिवान) को ९ औँ साधारण सभा हुँदै 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १९, बिहीबार  
टुरिष्ट बस एसोसियन अफ नेपाले (टिवान) को ९ औँ साधारण सभा हुँदै 

काठमाडौँ । टुरिष्ट बस एसोसियन अफ नेपालको ९ औँ साधारण सभा काठमाडौँमा हुने भएको छ ।

विगत लामो समयदेखि बाह्य तथा आन्तरिक पर्यटकहरुलाई सहयोग पुर्याउने उद्देश्यको साथ सञ्चालनमा आएको टुरिष्ट बस एशोसियनले  आगामी असोज ११ गते साधारण सभा गर्ने भएको हो ।

सोही दिन बस्ने साधारण सभाले नयाँ कार्यसमितीको तय गर्ने टुरिष्ट बस एसोसियन अफ नेपालका कोषाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

देशमा आर्थिक समृद्धिको एक अंश मानिएको पर्यटकलाई विभिन्न गन्तव्यमा पुर्याउन टुरिष्ट बस एशोसियन आफ नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर