पर्यटनमन्त्री भट्टराईको आगमनले फेरियो विमानस्थलको मुहार

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १९, बिहीबार  
पर्यटनमन्त्री भट्टराईको आगमनले फेरियो विमानस्थलको मुहार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्रीमा योगेश भट्टराईको आगमन भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मुहार फेरेको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो बुटिक एयरपोर्टको रुपमा चिनाउनको लागि एयरपोर्ट विस्तार गर्ने काम तिव्र गतिमा अगाडी बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनालाई पुरा गर्न नेपाली मौलिकता झल्कने गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई  सजावट गर्न थालिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० अगाडी नै विस्तारको काम सकेर भ्रमण वर्ष मनाउन नेपाल आउने पर्यटकलाई बुटिक एयरपार्टमा नै स्वागत गर्ने लक्ष्य रहेको पर्यटनमन्त्री भट्टराईले बताएका छन् । नेपाली मौलिकता झल्किने  विभिन्न किसिमको तस्वीरहरु निर्माण भएका गेट झ्यालको व्यवस्था, पर्यटकलाई सत्कार गर्नको लागि पानीले भरिएको गाग्री गेटमा राखेर स्वागतको लागि नेपाली मौलिकतासहितको व्यवस्थापन गरेर बुटिक तयार  गर्न लागेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

पर्यटकलाई आकर्षित गर्ने आँखी झ्यालहरु निर्माण गर्नको लागि ५ जना इन्जिनियरहरुले डिजाइन समेत गरीसकेको महाप्रबन्धक क्षेत्रीले बताए । विदेशबाट नेपाल आएका यात्रुले जहाजबा उत्रिएर अराइभलतर्फ आउँदै गर्दा ठूलो अक्षरले ‘वेलकम टु नेपाल’ लेखेको देख्न सकिन्छ । जहाँ टाढाबाट हेर्दा अक्षरमात्रै देखेपनि नजिकै आएर हेर्दा ती सजिएका अक्षरहरुमा नेपालको विभिन्न पर्यटकीय गन्तव्य झल्काउने तस्वीरहरु देख्न सकिन्छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर