दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने सरकारको निर्णय

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १९, बिहीबार  
दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने सरकारको निर्णय

काठमाडौँ । किसानको लागत बढेसँगै सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रबन्धक शैलेन्द्र घिमिरे जानकारी दिए ।

कृषिमन्त्री चक्रपाणि खनालले दूधको मूल्य बढाउने फाइल  स्वीकृत गरिसकेको भएकाले  बोर्ड बैठक बसेर बढेको दूधको मूल्य सार्वजनिक गर्ने महाप्रवन्धक घिमिरेले बताए ।

बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई दिने र बाँकी ३१ प्रतिशत डेरिले लिने दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बताए । बढेको दूधको मूल्य शनिबारबाट मात्रै लागू गरिनेछ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर