चार सय बढी महिला बेचेको आरोप लागेका कांग्रेस नेता  तामाङलाई उच्च अदालतले दियो सफाइ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २, बिहीबार  
चार सय बढी महिला बेचेको आरोप लागेका कांग्रेस नेता  तामाङलाई उच्च अदालतले दियो सफाइ

काठमाडौँ । चार सय भन्दा बढी महिला बेचेको आरोप लागेका नुवाकोटका कांग्रेस नेता सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले जेल मुक्त गराएको छ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुरलाई  चारसय भन्दा बढी महिला भारत लगेको बेचेको आरोप लागेको थियो । उनले नेपाली चेलीहरुलाई भारतको मुम्बाई, नयाँ दिल्ली, पुना, कलकत्ता र कोठीमा विक्री गरेको प्रहरीको दाबी थियो।

नुवाकोट जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो। तर जिल्ला अदालतको फैसलाविरूद्ध उनी पाटन उच्च अदालत पुगेपछि बुधबार  पाटन उच्च अदालतका न्यायाधीशद्धय रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालत नुवाकोटको फैसलालाई उल्टाएको हो।

उच्च अदालतले नुवाकोट जिल्ला अदालतको उक्त मिति २०७४/१२/०७ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई जाहेरवालीलाई सजाय नहुने भएकाले प्रतिवादी सुनबहादुर तामाङलाई कसुरबाट सफाइ पाउन उन्मुक्ति दिएको छ ।

तामाङलाई रिहा गर्न उच्च अदातल पाटनले डिल्लीबजार कारागारलाई पत्रचार गरी सफाइ पाएकाले थुनामुक्त गरेर जानकारी पठाउन उल्लेख आदेश दिएको छ । यदि तामाङ निर्दोष हुन भन्ने कुरा अदालतले ठहर गर्यो भने अदालतले नेपाल सरकारलाई के कारबाही गर्छ  भन्ने कुरा हेर्न बाँकी रहेको छ  । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर