मिश्रीत परिणमा सहित टानको अध्यक्षमा खुमबहादुर सुवेदी  विजयी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २२, आइतबार  
मिश्रीत परिणमा सहित टानको अध्यक्षमा खुमबहादुर सुवेदी  विजयी

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा खुमबहादुर सुवेदी विजयी भएका छन् ।

सुवेदीका प्रत्यासी उम्मेदवार अञ्जन थापा कुमारलाई ८३ मतले पछि पार्दै सुवेदीले विजयी हाँसिल गरेका हुन् । विजयी  सुवेदीले ५२१ मत ल्याएका थिए । थापाले ४३८ मत प्राप्त गरेका  थिए ।

मिश्रीत परिणमा आएको नयाँ नेतृत्वमा थापाको समूहबाट  महासचिवमा सरिता लामा विजयी भएकी छन् । उनले आफ्नो प्रतिद्धन्दी कर्मा शेर्पालाई १३ मतले पछि पार्दै विजयी भएकी हुन् । यद्यपी जुन टिमबाट जो आएपनि संस्थाको हितमा रहेर काम गर्न शुभकामना ।

साथै संस्थाको हितको लागि जुटेको यो टिमले टानमा हिजोको दिनमा भएको भ्रष्टचार छानबिन गरेर निष्पक्ष रुपमा अगाडी बढ्नु जरुरी रहेको छ । पछिल्लो समय पर्यटकीय क्षेत्रमा किराको रुपमा मौलाएको  अनावश्यक रेस्क्यू (FAKE RESCUE)  गर्ने कम्पनी र केही त्यस्ता व्यक्तिलाई निष्पक्ष छानबिन गरेर दोषी पत्ता लगाई देशको बेइज्जत गर्ने जो कोही भएपनि निर्वाचित नयाँ टिमले कारबाही गरेर अगाडी बढ्नु पर्छ । 

पर्यटकीय क्षेत्रलाई मध्यनजर गरी आर्थिक विकास र समृद्धिको पाटोमा रहेको ट्रेकिङ रुटमा बाटो बनाएपछि देखिएको समस्यालाई विशेष प्राथमिकतामा राखेर पदयात्रा गर्ने रुटको मार्ग चित्र निर्माण गर्न आवश्यक रहेको छ । 


प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर