टानको निर्वाचन र अव्यवसायीक प्रवृत्ति

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २२, आइतबार  
टानको निर्वाचन र अव्यवसायीक प्रवृत्ति

काठमाडौँ

पर्यटन क्षेत्रमा आबद्ध सवै संघ संस्था यस क्षेत्रभित्र भए का नितीगत र कार्यन्वयन निकायबाट भइरहेको समस्या समाधान र सम्बन्धित निकायसँग समन्वय गर्न एकीकृत प्रतीनिधी मुलक इकाईको रूपमा निर्माण गरिएको होला र हुनुपर्दछ जस्तो मलाई लाग्दछ तर हाल देखिएको संस्था र त्यसको प्रतिनिधि छनौट प्रक्रिया, एजेन्डा र तत्कालिन साथै दिर्घकालिन समस्याको बहस छलफल भन्दा पनि ब्यक्तिगत रिसिइबी, घात प्रतिघात ले के हामि व्यवसायीहरूको समस्या प्रति सजक छौँ ? या सस्थालाई निकम्मा बनाउँदै व्य क्तिगत द्वयसलाई पुस्तान्तर त गर्दैछौंनौँ ?

स्थापित व्यवसायी दाजु दिदी हरूको अनुभव र यूवाहरूको जोस, लगानले मात्र व्यवसाय, संघ संस्था, समाज र देश बन्नेछ भन्ने लाग्दछ। जित या हार दुबै यस क्षेत्रमा आवद्ध सवै व्यवसायीको हो । संस्थाको लागि व्यक्ति प्रधान नहुन सक्दछ यदि त्यस समुहको उद्देश्य र कार्ययोजना सहि छ भने तर दुसित मनासय र कसैको प्रभावमा कुन्ठित मनसायबाट संस्थाको बागडोर हत्याईयको हो भने त्यसले समग्र व्यवसायीको प्रतिनिधित्व गर्न सक्दैन र सस्थाको औचित्यमाथि नै प्रश्नचिन्ह खडा हुन्छ उदाहरण यसै पर्यटन भित्रका केहि पुराना स्थापीत तर हाल बन्द प्राय सस्थालाई लिन सकिन्छ। 

सबै समयमा एकै ब्यक्ति  मानसिकता र एकै उद्देश्यले सस्थाले गति लिन सक्दैन र सत्ता, शक्ति र धन सधै एकै ठाउँमा नरहन पनि त सक्दछ। जब जब सस्थाको उद्देश्य संग मिलन भयको शक्ति  संस्थागत प्रतिनिधि र उक्त शक्तिले सत्ता संग जोड्ने सामर्थ्य राख्दछ तबमात्र व्यवसायी हरूको तमाम समस्याको दिर्घकालिन समाधान बन्दछ। 

हाल यस पर्यटन क्षेत्रमा आबद्ध सवै संघ संस्थाका प्रतिनिधि छनौट प्रक्रियामा हुने गरेको घात, नैतिक पतन प्रबिती, हलिप्रथा र दासप्रथा अन्यत्र उन्मूलन भएपनी यस क्षेत्रमा पुन सुरू गर्न अहोरात्र लाग्ने चुनावी व्यवसायी हरूको झुन्ड र भ्रममा रहनुहुने केहि साथीभाइहरु सस्थालाई कसरी व्यवस्थित र सम्मानित बनाउने भन्दापनि सङ्गै सुतेर छुरा रोप्ने प्रवृतिले केही समय स्याल घोर्ले भएजस्तो होला तर भिजिलान्ते प्रवृतिले दीर्घजीवनको आस नगर्दा राम्रो होईन र ?  एउटा भिक्टिमको नाताले म साथीभाइहरु माझ नरूचाइएको  मेरो एजेन्डा अस्विकृत गरिएको पात्र ठिकै छ तर आसा थियो आगामी दिनहरुमा थप अन्तरघात हुनेछैन।

हिजो भयको टानको चुनाव र त्यसको नतिजा हेर्दा मलाई लाग्छ यो अन्तरघाती प्रवृतिले संस्थागत रूप धारण गर्दैछ र व्यवसायी साथीभाइहरु सङ्ग हिनताबोध को भाव उब्जाउने छ। भ्रखर व्यवसायी सुरू गरेका, खुराफाती प्रबृत्ति संग आफुलाई त्यति धेरै साक्षात्कार नगरेको, यूवा र सक्षम व्यवसायी साथीभाइहरु उचाल्ने र पछार्ने गर्दा के युवा मस्तिष्कको परेको अमिट छाप अन्तरघाती प्रवृतिप्रति आगो ओकाल्ने अवस्था नबन्ला र ? हिजो ठमेल पर्यटन विकास परिषद्मा म र मेरो समुहको भावना अस्विकृत गराउन र गर्न सफल हुनभयो आज टानमा कुमार जि र हामि सबैको अनि भोलि ? ? ? बरू सुरूमै भनै no mean no तर भिजिलान्ते प्रबृत्ति नगर्ने कि ? सिसाकै घरमा बसेर मटेङग्रा नखेल्ने कि ख्बामित ?

अन्त्यमा हिजोको चुनावबाट निर्वाचित हुनुभएका अध्यक्ष आदरणीय दाजु खुमबहादुर सुवेदी र समग्र टिमलाई हार्दिक बधाई तथा शुभकामना साथै आसा छ यता कुमार थापा बाट प्रतिनिधित्व गर्नु हुने सम्पूर्ण टिमलाई पनि विश्वासमा लिदै समग्र ट्रेकिङ क्षेत्र टानलाई गतिशिल बनाउन यहाँको कार्यकाल सफल बनोस् शुभकामना। 

सहदेब धमला (बिमल) लेखक युवा पर्यटन व्यवसायी तथा गत निर्वाचनमा ठमेल पर्यटन विकास परिषद्का महासचिव प्रत्यासी हुनुहुन्थ्यो ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर