मुलुकको समृद्धिमा योगदान  पुर्याउन सहकारीको मुख्य भूमिका रहेको छ : उर्जामन्त्री पुन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २२, आइतबार  
मुलुकको समृद्धिमा योगदान  पुर्याउन सहकारीको मुख्य भूमिका रहेको छ : उर्जामन्त्री पुन

काठमाडौँ । उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले मुलुकको समृद्धिमा सहकारीले मुख्य भूमिका निर्वाह गरेको बताएका छन् । आर्थिक हिसाबले सेवामुलक कार्यमा सहकारीले थुप्रै लगानी गरेकाले राष्ट्र निर्माणको महत्वपूर्ण पाटो सहकारी बनेको बताए । 

सहरकारी आर्थिक समृद्धिको अभियानमा रहेकाले यसले भावी सन्ततीको लागि सुन्दर नेपाल निर्माण सहयोग पुर्याउने दाबी गरेका छन् ।विभिन्न संस्थामा आबद्ध भएर बचत गर्ने बानीको विकास भएकाले सहकारीले नेपाललाई आर्थिक रुपमा सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे ।

नियमीत बचतले विभिन्न सेवा सुविधा दिनुको साथै  आपतकालिन समस्यालाई निराकरन गर्ने एक माध्यम बनेको बताए । सेवामुलक कार्यमा निरन्तर सहकारी लागिरहेकाले यसले गाउँमा विभिन्न आयआर्जजक मुलक कार्यहरु गराएर रोजगारको व्यवस्था गर्दै अगाडी बढेको बताए ।

सहकारीको लगानी बढ्दै गएकाले अब उर्जा क्षेत्रमा पनि सहकारीले लगानी गर्न पाउने माध्यम बनाउने बताएका छन् । सहकारीमा बचत गर्ने बानीले मुलुकमा गरीबी घट्दै गएकोमा आफु विश्वस्त रहेको बताए ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर