चीनको सिचुवानमा शक्तिशाली भूकम्प, एकको मृत्यु २९ घाइते

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २२, आइतबार  
चीनको सिचुवानमा शक्तिशाली भूकम्प, एकको मृत्यु २९ घाइते

काठमाडौँ । चीनको वाईयुयान क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । 

स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ । घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ६.४२ बजे आएको उक्त भूकम्प ५.४ म्याग्नीच्युडको रहेको थियो ।

भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर