विकास र समृद्धिको आधार खडा भएको छ पुुर्ण परिणमको लागि ५ वर्ष कुर्नुपर्छ : पर्यटनमन्त्री भट्टराई

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २३, साेमबार  
विकास र समृद्धिको आधार खडा भएको छ पुुर्ण परिणमको लागि ५ वर्ष कुर्नुपर्छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकार गठन भएको १८ महीनाको अवधिमार समृद्धिको आधार खडा भएको दाबी गर्दै पूर्ण परिणामका लागि पाँच वर्ष कुर्नुपर्ने बताएका छन् ।

उनले भने अहिले सरकारको १८ महीनाको अवधिमै राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति हासिल गरेका कारण सकारात्मक सूचक देखिएको छ । यहि आधारमा अगाडी बढ्नको लागि वादविवाद भन्दा पनि परिवर्तित व्यवस्थाको संस्थागत र समृद्धिको यात्रालाई सहकार्यका साथ अघि बढाउनु अपरिहार्य रहेको छ । प्रतिपक्षमा रहेको दलल नकारात्मक कुराहरु मात्रै नभएर सकारात्मक टिकाटिप्पणी तिर पनि ध्यान दिएर समृद्धि र विकासको यात्रामा सहयोग पुर्याउनु पर्ने भट्टराईले बताएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले भने अर्बौ लगानी भएको र हजारौँ व्यक्तिले रोजगारी पाएको पर्यटक यातायात  क्षेत्रमा नितिगत व्यवस्था लगानीको सुधार राज्यको दायित्व रहेकाले आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गर्न कुनै कदम बाँकी नराख्ने बताएका छन् ।

आर्थिक विकास र समृद्धिको महत्वपूर्ण हिसा रहेको पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर