डेंगुको बिरामी अस्पतालमा नअटाएपछि ग्यारेजमै उपचार

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार  
डेंगुको बिरामी अस्पतालमा नअटाएपछि ग्यारेजमै उपचार

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुको बिरामी भिड लागेको छ ।

ठाउँ अभाव भएपछि ग्यारेजमा समेत विरामीको उपचार गर्न थालेको छ ।  हरेक दिन पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । देशभरबाट बिरामी आएसँगै अस्पतालमा उपचारको लागि स्थान अभाव भएको अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले बताए ।

दैनिक तीन सयको संख्यामा बिरामी आउने यो अस्पतालमा अहिले दैनिक एक हजारको हाराहारीमा बिरामी आउने गरेको सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिए ।

अहिले एक चिकित्सकले दैनिक एक सय ५० जनासम्म बिरामी हेर्नु परेको उनले बताए । यो समाचार नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर