पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार  
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल ,मट्टीतेल र पेट्रोलको मूल्य घटाएको छ । 

तीन मुख्य पर्दार्थमा  साविकको मूल्यमा २ रुपैयाँ घटाएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले बताएका छन् ।

 पेट्रोलियम पदार्थ नेपालमा नै आउने भएपछि यसको मूल्य घटाएको कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।

नयाँ समायोजन भएको  पेट्रोलियम पर्दार्थको मूल्य आज दिउँसो १२ बजे बाट नै लागू हुनेछ । आज नै नेपाल भारतबीचको  पेट्रोलियम पाइप लाइनको उद्घाटन हुनेछ ।

नयाँ मूल्यअनुसार  पेट्रोल प्रतिलिटर ९५ रुपैयाँ, डिजेल ९७ रुपैयाँ र मट्टितेल ९७ रुपैया कायम गरिएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर