नेकपा अध्यक्ष दाहाल र चिनियाँ विदेशमन्त्री वाङ् यी बीच भेटवार्ता

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार  
नेकपा अध्यक्ष दाहाल र चिनियाँ विदेशमन्त्री वाङ् यी बीच भेटवार्ता

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ् यी र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भएको छ ।

राजधानीमा रहेको होटल मेरियटमा भएको सो वार्तामा दुई देशबिचको सम्बन्ध बारे छलफल भएको बताइएको छ । यो भेटले लामो समयदेखि रहेको नेपाल चिनको सम्बन्ध अझै सुदृढ बन्ने  दाहालको भनाइ छ ।

चिनिया विदेशमन्त्रीसँगको भेटपछि दाहालले भने “ आर्थिक विकासको पक्षमा चीन सरकार र चीनबाट हुने सहयोग नेपाली जनताको अपेक्षा रहेको छ ।”  चीन सरकारले नेपालको लागि गर्ने सहयोगको विस्तार सम्बन्धमा समेत छलफल भएको दहालले बताएका छन् ।

नेपालको सम्रग विकासलाई लिएर चीन सरकार सकारात्म पाइएको कारण चीनसँगको सम्बन्ध समधुर बन्नेमा आफु विश्वस्त रहेको अध्यक्ष दाहाले बताए । चीनियाँ  सहयोगबाट नेपालको विकासमा ठूलो सहयोग पुग्ने दाहालको भनाइ छ ।

भेटमा चिनियाँ कम्युनिष्ट र नेपाल कम्युनिष्ट बिचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको दाहालले बताए । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर