पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धराशायी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार  
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धराशायी

काठमाडौँ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालकहरुले तीन तहको कर र अनिवार्य स्थायी लेखा नम्बर (प्यान) ले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सङ्कटमा परेको बताएका छन् । 

भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको आज यहाँ भएको पाँचौँ वार्षिक साधारणसभामा व्यवसायीहरुले यस्तै अवस्था रहे व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका  छन् ।

कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासङ्घका केन्द्रीय अध्यक्ष लीला जिसीले साना व्यवसायीलाई करको चाङ थोपरिएको आरोप लगाएका छन् । व्यवसायीलाई सेवा र सुविधा नदिने तर तीन तहको तेब्बर कर तिर्नुपर्ने बाध्यात्मक अवस्थाले व्यवसाय नै धराशायी बनेको बताउँदै उनले पार्टी प्यालेसहरुमा कार्यरत एक लाख ५० हजार मजदुरको रोजगारीसमेत धरापमा परेको बताए । 

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले उद्योग–व्यवसायलाई सरकारले सेवा सुविधा थपेर प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीलाई हतोत्साही पार्ने काम हुन नहुने बताए । रासस


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर