बलात्कार  गरेको आरोपमा इन्जिनियर रोशन चन्द पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
बलात्कार  गरेको आरोपमा इन्जिनियर रोशन चन्द पक्राउ

काठमाडौँ । १७ वर्षिय  किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मेलौली नगरपालिकाका इन्जिनियर २७ वर्षिय रोशन चन्द पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको आरोपमा आफन्तले दिएको किटानी जाहेरीको आधारमा मंगलबार इन्जिनियर चन्दलाई पक्राउ गरेको प्रहरी निरीक्षक किसन चन्दले बताए ।

इन्जिनियर चन्दलाई सोमबार किशोरीलाई ललाई फकाई डडेल्धुरा पुर्याएर जबरजस्तीकरणी गरेको आरोप लागेपछि अनुसन्धानको लागि पक्राउ गरेको प्रहरी निरिक्षक चन्दले जानकारी दिए ।

किशोरीको स्वास्थ्य परिक्षण भइरहेकाले घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । सव इन्जिनियर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्न आएकी थिइन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर