नेकपा सचिवालयको बैठक दिउँसो ४ बजे बस्ने, यस्तो छ छलफलको विषय

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
नेकपा सचिवालयको बैठक दिउँसो ४ बजे बस्ने, यस्तो छ छलफलको विषय

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक बुधबार दिउँसो ४ बजेको लागि तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केपछिको यो पहिलो बैठक हुने पार्टीका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डका प्रस संयोजक विष्णु सापकोटाले बताएका छन् ।

आज बसको नेकपाको बैठकले एकताको बाँकी कामसहित विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । सत्ताभित्र एक पद एक व्यक्तिको व्यवस्था हुनुपर्ने विषयमा कुरा उठ्दै आएकाले यस विषयमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ ।

बैठकलाई मजबुत बनाउनको लागि राजनितिक विषयमा छलफल गरिने  वरिष्ठ नेताहरुले जानकारी दिएका छन् । बैठकमा प्रवास कमिटि, जेष्ठ नागरिक मञ्च, लेखा आयोग, अनुशासन आयोग, सल्लाहकार परिषद् महानगरपालिकाका अध्यक्ष र सचिव टुंग्याउन काम बाँकी रहेकाले यी विषयमा छलफल हुनेछ ।  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर