सत्य निरुपणमा सघाउँछौँ : सेना

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
सत्य निरुपणमा सघाउँछौँ : सेना

काठमाडौँ । नेपाली सेनाले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न आफु बाधक नहुने स्पष्ट पारेको छ ।

दशवर्ष सशस्त्र द्धन्द्धकालमा राज्य र तत्कालीन विद्रोही पक्षबाट भएका मानव अधिकार उलंघनसम्बन्धी द्धटना छानबिन गर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाई भइरहेको बेला सेनाले संक्रमणकालको बाँकी  विषयमा टुंगो लगाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा भने संवैधानिक सरकारको वैधानिक आदेशमा परिचलित  राष्ट्रिय  सेनाको हौसलामा ठेस पनि लाग्नु हुँदैन, यसको दूरगामी प्रभालाई हामी सबैले गम्भिरताको साथ मनन गर्नुपर्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर