नदीले सडक कटान गरेपछि बेनी जोमसोम सडक खण्ड ४ दिनदेखि अबरुद्ध

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
नदीले सडक कटान गरेपछि बेनी जोमसोम सडक  खण्ड  ४ दिनदेखि अबरुद्ध

काठमाडौँ । कालिगण्डकी नदीमा आएको बाढीले कटान गरेको सडक कटान गरेपछि बेनी जोमसोम सडक खण्ड अबरुद्ध भएको छ । आइतबारदेखि नै अबरुद्ध भएको सडक मर्मतमा नहुँदा हिमाल पारिको जिल्ला मुस्ताङ आवातजावतमा समेत समस्या आएको छ ।

राष्ट्रिय राजमार्गसँग  जोडिएको उक्त सडक बिग्रिएको कारण पर्यटक र स्थानीयले सास्ती भोग्नु परेको छ ।  म्याग्दी र मुस्ताङको सिमानामा घोप्टेभिरमा कालिगण्डकी नदीले सडक कटान गरेपछि यस्तो समस्या आएको हो ।

भिरको बाटो भएकाले मर्मत गर्न डोजरले मात्रै सम्भव नभएकाले विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था आएपछि भिर फुटाउन समय लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले  जानकारी दिए ।

यात्रुहरुले सवारी साधन परिवर्तन गरेरर बाटो पार गर्नुपर्ने भएकाले भ्रमणमा गएका पर्यटक र तिर्थयात्रीहरु मारमा परेका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर