को हुन मिलन नेपाल ? जसले दिँदैछन् टिवानको महासचिवमा उम्मेदवारी 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
को हुन मिलन नेपाल ? जसले दिँदैछन् टिवानको महासचिवमा उम्मेदवारी 

काठमाडौँ । टुरिष्ट बस एशोसियशन अफ नेपाल टिवानको महासचिवमा मिलन नेपालले उम्मेदवारी घोषणा गरेका छन् ।

विभिन्न ठाउँमा छरिएर रहेका पर्यटक व्यवसायीहरुलाई एक ढिक्का बनाएर  संस्था तथा व्यवसायलाई व्यवस्थित गरी व्यसायलाई सफल बनाउनको लागि नेपालले टिवानको महासचिवमा उम्मेदवारी दिने भएका हुन् ।

राजधानीको अव्यवस्थित सडक र टुरिष्ट बस पार्क नहुँदा पर्यटकहरुले भोगेको समस्यालाई निराकरण गर्नको लागि आफुले टिवानको  महासचिवमा उम्मेदवारी दिएको नेपालले बताएका छन् ।

पर्यटन क्षेत्रमा रहेर काम गरेको निकै अनुभव भएका उनी टिवानको लागि अपरिहार्य जस्तै रहेका छन् ।उनी भन्छन्, “टिवानमा मेरो उम्मेदवारीले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”  

को हुन मिलन नेपाल ? 

पर्यटन क्षेत्रमा छोटो समयमा सफल व्यवसायी बनेका मिलन एक सक्षम व्यक्ति हुन् । राजनिति क्षेत्रबाट मुक्त उनले (ACCA) अध्ययन गरेका छन् । हाल सम्म उनले काठमाडौँ-पोखरा, काठमाडौँ-लुम्बिनी तथा काठमाडौँ-दिल्ली जस्ता पर्यटकीय क्षेत्रमा गुणस्तरीय बस सेवा सञ्चालन गर्दै आएका छन् ।

उनी ट्राभल्स बस सर्भिस प्राइभेट लिमिटेडका सञ्चालक  सफल युवा व्यवसायी हुन् ।  छोटो समयमा पर्यटन क्षेत्रमा थुप्रै काम गरेका नेपालले पर्यटन क्षेत्रमा झण्डै ३० करोडको लगानीमा जापनिज टोयोटा ब्रान्डको कोष्टर भित्र्याएर पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन् ।  टिवानको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ निर्वाचन यही अशोज ११ गते हुने छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर