भारतसँग जोडिएको  सबै नाका बन्द गर्न सांसद भुसालको माग

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
भारतसँग जोडिएको  सबै नाका बन्द गर्न सांसद भुसालको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पंम्फा भुसालले भारतसँग जोडिएको सिमा नाकाहरु बन्द गर्न माग  गरेकी छन् ।

बुधबार बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन् । नेकपाकी प्रभावशाली नेता समेत रहेकी भुसालले भारतले नेपालको  सिमा मिच्दै लगेको बताउँदै सिमा नाका बन्द गर्नुपर्नेमा जोड दिएकी हुन् ।

भारतीय सुरक्षा बलले हतियारको बल देखाएर नेपालको हजारौँ किलोमिटर भूमि मिच्ने गरेको भएकाले भारतसँगको नाका तुरुन्तै बन्द गरे नेपाली भूमिलाई भारतले मिच्नबाट बञ्चित हुने दाबी गरेकी छन् ।

दुई देश बिचको नागरिकलाई आवतजावत गर्न अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताउँदै भारतले नेपाली भूमिमाथि गरेको दबाब रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर