ठूला परियोजनामा राज्यले नै लगानी गर्नुपर्ने भएकोले निजि क्षेत्रलाई लगानी नगर्न डा. भट्टराईको आग्रह

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
ठूला परियोजनामा राज्यले नै लगानी गर्नुपर्ने भएकोले निजि क्षेत्रलाई लगानी नगर्न डा. भट्टराईको आग्रह

काठमाडौँ । ठूला परियोजनामा सरकारले नै लगानी गर्नुपर्ने बताउँदै निजि क्षेत्रलाई लगानी नगर्न पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आग्रह गरेका छन् ।

निजि क्षेत्रले सुरुवात गरेको थुप्रै कार्ययोजनाहरु अलपत्र परेकाले निजि क्षेत्रले लगानी गर्न नसक्ने बताएका छन् ।बुधबार राजधानीमा समृद्धिको आधारको रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उदेश्यले आयोजना भएको कार्यक्रमको सम्बोधन गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।

विकसित मुलुकमा सडक, यातायात, सञ्चार जस्ता क्षेत्रमा सरकारले नै लगानी गरेको उदाहरण प्रस्तुत गर्दै सडक निर्माण जस्ता कार्यमा निजि क्षेत्रले लगानी गर्न नसक्ने  स्पष्ट पारे । निजि क्षेत्रले गरेको लगानी जटिल भू राजनितिक र सहि विश्लेषण गर्न नसक्दा निजि क्षेत्रको लगानी डुबेको उनको भनाइ छ ।

क्षमताबिना रेल्वे लगायतका ठूला परियोजना नभएर निजि क्षेत्रले अन्तरराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक निर्माण कार्यमा लगानी गरे लाभ लिन सकिने बताए । उत्पादनमा वस्तु र सेवालाई मध्यनजर गरेर लगानी गर्न सके राजस्वमा समेत वृद्धि हुनेमा आफु विश्वस्त रहेको बताए । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर