परिवारका सदस्यलाई संगठित गरेर राजनितिमा लैजान  स्व. कुलप्रसाद बूबाको  महत्वपूर्ण भूमिका छ  : अध्यक्ष दाहाल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
परिवारका सदस्यलाई संगठित गरेर राजनितिमा लैजान  स्व. कुलप्रसाद बूबाको  महत्वपूर्ण भूमिका छ  : अध्यक्ष दाहाल

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले परिवारको सदस्यलाई संगठित गरेर राजनितिमा लैजान ठूलोबूबा स्व. कुलप्रसाद दाहालको निकै  महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आज देवघाटमा आफ्नो ठूलो बूबाको अन्यष्टि पछि पत्रकारसँग कुराकानीमा राजनितिक परिवर्तनमा ठूला बूबाको अतुलनिय योग्दान रहेको बताए । अन्तिम श्रद्धाञ्जली दिन चितवन पुगेका दाहालले भने, न्यायपूर्ण समाज निर्माणको निमित आफुहरुलाई प्ररेरित गर्ने नै ठूलाबुबा रहेको  चर्चा गरे । 

स्व. ठूलोबूबालाई सम्झिदै पञ्चायत विरोधी आन्दोलनको समयमा आफ्नो घरलाई पार्टीको मुख्यालय जस्तै बनाएर पार्टीको बैठक राजनितिक छलफल हुने गरेको बताए । किसान मोर्चा र पछि पार्टीको सदस्यका रुपमा सबै छोराछोरीलाई राजनितिमा परिचानल गरेको भन्दै अध्यक्ष दाहाल र पार्टीको तर्फबाट श्रद्धाञ्जली  अर्पण गरेका थिए ।

९२ वर्षको उमेरमा स्व. दाहालको भरतपुर महानगरपालिका ७ मा मंगलबार राती निधन भएको हो । उनको चार छोरा र दुई छोरी रहेका छन् । श्रीमतीको यस अघि नै निधन भइसकेको छ । उनको छोरा नारायण दाहाल नेकपा प्रदेश नं. ३ का अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर