वैदेशिक लगानीको लागि नेपाल उपयुक्त गन्तव्य बनेको छ : पर्यटन मन्त्री भट्टराई

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
वैदेशिक लगानीको लागि नेपाल उपयुक्त गन्तव्य बनेको छ : पर्यटन मन्त्री भट्टराई

काठमाडौँ । काठमाडौँमा जारी रहेको नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वैदेशिक लगानीको लागि नेपाल उपयुक्त स्थान रहेको बताएका छन् । 

पछिल्लो समय विकास र समृद्धिको लागि सबै राजनितिक दल एकै ठाउँमा उभिएको कारण लगानीको लागि कुनै समस्या नरहेकाले नेपाल लगानी गर्न सक्षम गन्तव्य बनेको जानकारी दिएका छन् । उनले कार्यक्रममा बोल्दै नेपालमा हवाई यात्रुको सख्या बढ्दै गएकाले अबको ५ वर्ष भित्र दुई दुई ओटा अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् ।

अन्तरर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा  केही प्रक्रियाहरु अघि बढेको बताउँदै कुनै पनि हालतमा थप दुई विमानस्थल निर्माण गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे ।यातायात क्षेत्रमा स्तरोन्नति भइरहेको बताउँदै उनले भने उत्तर दक्षिण दुवै मुलुकहरुसँग नाका खोल्ने तयारी भइरहेको र चार वटा राजमार्गहरु निर्माण अघि बढिसकेको छ ।

युरोपले हवाई सेवाको लागि नेपाल कालो सूचीमा राखेको घटनाप्रति दुःख व्यक्ति गर्दै यो समस्या समाधान गर्ने बाएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर