पाँच दिनदेखि अबरुद्ध बेनी जोमसोम सडक खण्ड सञ्चालनमा 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
पाँच दिनदेखि अबरुद्ध बेनी जोमसोम सडक खण्ड सञ्चालनमा 

काठमाडौँ । कालिगण्डकी नदीले सडक कटान गरेपछि अबरुद्ध भएको बेनी जोमसोम सडक खण्ड बिहीबारदेखि सञ्चालनमा आएको छ ।

हिमाल पारिको जिल्ला मुस्ताङ जोड्ने सडक खण्ड अन्तर्गत घोप्टेभिरमा पहिरो गएपछि बेनी जोमसोम सडक अबरुद्ध भएको थियो । नदीले सडकको करिब १३ मिटर भन्दा बढी भत्काएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ सँगको सम्बन्ध नै टुटेको थियो ।

डोजरले मात्रै पहरा फोरेर सडक सञ्चालन गर्न नसक्ने भएपछि सेनाको सहयोगले विस्फोटक पदार्थ प्रयोग गरेर सडक मर्मत गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंश शेरचनले बताए ।

अबरुद्ध सडक ससञ्चालन भएसँगै पर्यटक र तीर्थयात्री लाई सहज वातावरण सिर्जना भएको छ । मुस्ताङमा उत्पादित स्याउ बजारमा पुग्न थालेको छ । निर्माणको क्रममा रहेको बेनी जोमसोम सडक पहिरोको कारण उच्च जोखिममा रहेको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर