महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बसमा आगजनी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बसमा आगजनी

काठमाडौँ । महेन्द्रनगरबाट काठमाडौको लागि छुटेको यात्रुबाहक बसमा आगजनी भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्नेमा ना ६ ख ८४५६ नम्बरको  बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

बसमा भएको आगजनीबाट कुनै क्षति भने भएको छैन् । बसका चालक र सह चालक सम्पर्कमा नरहेको कारण कसले किन आगजनी गरेको हो भन्ने विषयमा गहिरो अनुसन्धान भइरहेको  बर्दघाट ट्राफिक प्रहरीले  बताएको छ ।

बसमा लागेको आगो दमकलको  सहयातले  नियन्त्रणमा लिइएको बताइएको छ ।  


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर