मानसरोवरको सिजन सकियो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
मानसरोवरको सिजन सकियो

काठमाडौँ । यसपालिको मानसरोवर कैलाशका लागि भारतीय पर्यटक आउने कार्य बन्द भएको छ ।

चीन सरकारले गतवर्षभन्दा एक महिनाअघि नै  मानसरोवर कैलाशजाने भारतीय पर्यकलाई भिसा दिने कार्य बन्द गरेपछि सिजन सकिएको हो । अन्य देश र एनआरआई पर्यटकलाई भने मानसरोबर जाने भिसा दिने कार्य रोकिए छैन यसपालि सात हजार ७६१ जना भारतीय धार्मिक पर्यटकले मानसरोबर कैलाशको धार्मिक यात्रा गरेको हुम्ला जिल्लाका प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगरले बताए ।

यी भारतीय पर्यटकले हिल्सा हुँदै मानसरोबर कैलाशको दर्शन गरेका हुन् । प्रनाउ घर्तिमगरको अनुसार चार हजार २६२ पुरुष र तीन हजार ४९९ महिला रहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर