नेपाल नर्सिङ परिषद्मा सदस्य पदको लागि निर्वाचन हुने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
नेपाल नर्सिङ परिषद्मा  सदस्य पदको लागि निर्वाचन हुने

काठमाडौँ । नेपाल नर्सिङ परिषद्को सदस्य पदको लागि निर्वाचन हुने भएको छ । नसिंङ पेशालाई व्यवस्थित र सेवा मैत्री बनाउने उद्देश्यले विभिन्न क्षेत्रबाट नर्सिङ पेशामा आबद्ध रहेका नर्सहरुले आफ्नो उम्मेदवारी दताए गराएका छन ।

 जसमा प्रगतिशिल तर्फबाट प्रा.डा.तारा शाह, कृष्णकुमारी पौडेल र तुलसीदेवि अधिकारी मैदानमा छन् । शैक्षिक क्षेत्रबाट प्रनिनिधित्व गर्दै प्रा.डा.तारा शाह वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत रहेकी छन् ।

निजि क्षेत्रबाट प्रतिनिधित्व गरेर  चुनावी मैदानमा उत्रीएकी कृष्णकुमारी पौडेल नेपाल नर्सिङ परिषदको पुर्व रजिष्टार र गंगालाल हृदय रोग केन्द्र कि पुर्व मेट्रोन समेत रहेकी छन् । उनी  मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल काठमाडौमा कार्यरत रहेकी छन् ।

त्यस्तै सरकारी क्षेत्रबाट प्रतिनिधित्व गर्दै तुलसादेवि अधिकारी पनि नेपाल नर्सिङ परिषद्को चुनावी मैदानमा रहेकी छन् । उनी लामो समयदेखि नर्सिङ निरिक्षकको रुपमा रहेकी कार्यरत व्यक्ति हुन् । उनी बुढानिलकण्ठ नगरपालिका काठमाण्डौबाट  प्रतिनिधित्व गर्दै छिन् । नर्सिङ परिषदको यो चुनावलाई  निकै महत्वको साथ हेरिएको छ ।

नर्सिङ परिषद्को प्रादेशिक संरचना बनाउने सेवाको गुणस्तर बढाउने जनशक्तिको समान सेवासुविधाको सुनिश्चितता गर्ने श्रमशोषणको अन्त्य गर्ने जस्ता निकै सान्दर्भिक र साझा एजेन्डाको साथ हुने लागेको यो निर्वाचन यही भदौ २८ गते हुने छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर