मनसुनी न्यूनचापीय रेखा उत्तरतिर सर्दै, आगामी तीन दिन मनसुन सक्रिय रहने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
मनसुनी न्यूनचापीय रेखा उत्तरतिर सर्दै, आगामी तीन दिन मनसुन सक्रिय रहने

काठमाडौँ । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बद्लीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

उक्त न्यनचापीय रेखा उत्तरतिर सर्दै क्रम सुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । निरन्तर वर्ष नभए पनि  मध्य वर्षाको सम्भावना रहेको बताइएको छ ।

वर्षा निरन्तर नभएर केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने मौसमविद् प्रधानाङ्गले बताएका छन् । हाल केही स्थानमा सामान्य बद्ली भई वर्षा भइरहेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर