उर्जा क्षेत्रमा लगानी गर्न वैदेशिक लगानी कर्तालाई उर्जा मन्त्री पुनको आग्रह

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
उर्जा क्षेत्रमा लगानी गर्न वैदेशिक लगानी कर्तालाई उर्जा मन्त्री पुनको आग्रह

काठमाडौँ । सरकारले अर्थिक विकासको प्रमुख आधार उर्जा क्षेत्रलाई आधार मानेर नितिगत सुधार गरी अगाडी बढेको हुँदा वैदेशिक लगानी कर्तालाई उर्जा क्षेत्रमा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आग्रह गरेका छन् ।

संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘बल्ड इनर्जी फोरम’ को ऊर्जा मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा खुला हृदयको साथ लगानी गर्न आह्वान गरेका छन् । १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादनको क्षमता राखेको तथ्यांक पेश गर्दै  ५ हजार विद्युत निर्यातको लागि छुट्याइएको बताएका छन् ।

नेपालको कुल उर्जा खपत ८० प्रतिशत रहेकाले परम्परागत बायोमास तथा पेट्रोलियम पदार्थ जस्ता प्रणालीमा नै रहेको भन्दै देशभित्रै जलविदुत र नविकरणीय उर्जा खपतको लागि प्रशस्त आधार रहेको बताए । उनले नेपाल अन्तरदेशीय विद्युत् व्यापारका लागि आधारभूत सहमतिमा पुगेको पनि जानकारी दिए । 

प्रतिव्यक्ति विद्युत् खपत दरलाई बढाएर एक हजार ५०० किलोवाट प्रतिघण्टा पुर्याउने लक्ष्यसाथ काम भइरहेको समेत बताए । सो असरमा वर्तमान सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ सङ्कल्पलाई आत्मसात् गर्दै निश्चित समयभित्र विद्युत् उत्पादनमा कायापलट गर्ने लक्ष्य राखेको बताए । 

    

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर